काठमाडौं । अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ ।

बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई एप्पलको भविष्यका लागि निकै महत्वपूर्ण मानिएको छ । हाल अनलाइन स्टोर मात्र सञ्चालन गरेको एप्पलले अर्को वर्ष नै भारतमा भौतिक रुपको एप्पल स्टोर खोल्नेछ ।

वर्षौंयता भारतमा विदेशी बिक्रेता कम्पनीहरुलाई भारतमा आफ्नो शाखा खोल्न एक प्रकारको बन्देज जस्तै थियो । अर्थात् भारतमा आफ्नो पसलको शाखा खोल्नका लागि उनीहरुले आफ्नो उत्पादनको कच्चा पदार्थमध्ये कम्तिमा ३० प्रतिशत भारतीय सामान प्रयोग गर्नु पर्दथ्यो । सोही कारण भारतीय बजारमा आफ्ना उत्पादन बेच्नका लागि एप्पलले डिलरहरुको भर पर्नु परेको थियो ।

तर गत वर्ष भारत सरकारले वैदेशिक लगानी सम्बन्धी नियमलाई केही खुकुलो बनाएसँगै भारतीय बजारमा आफ्नो भौतिक उपस्थिति जनाउन एप्पलले कदम अगाडि बढाएको हो ।

एप्पलले भारतमा सञ्चालन गरेको नयाँ ई–कमर्श प्लाटफर्ममार्फत् प्रयोगकर्ताहरुले अनलाइन मार्फत् नै आफ्ना म्याकहरु कस्टमाइज गर्न सक्नेछन् र विभिन्न ७ वटा भारतीय भाषाहरुमा एप्पलका ग्याजेट चलाउन पाउनेछन् ।

भारतमा दीपावली अगाडिको समय सबैभन्दा धेरै स्मार्टफोन बिक्री हुने समय भएको हुँदा एप्पलले सुरु गरेको अनलाइन स्टोरका कारण यो वर्ष भारतीय बजारमा आइफोन लगायतका एप्पल प्रडक्टको बिक्री उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ । भारतमा वार्षिक रुपमा बिक्री हुने स्मार्टफोनमध्ये एक तिहाइ यही समयमा बिक्री हुने गर्दछन् । यद्यपि भारतीय स्मार्टफोन बजारमा जम्मा २ प्रतिशत मात्र हिस्सा एप्पलको रहेको छ । एप्पलका महँगा प्रडक्टहरु अधिकांश भारतीय प्रयोगकर्ताहरुको रोजाइमा पर्न सकेका छैनन् ।

जबकी चिनियाँ ब्राण्डका सस्ता स्मार्टफोनहरुले ७२ प्रतिशत भारतीय बजार ओगटेका छन् ।

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो
काठमाडौं । चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अम...
SuperAdmin on Sep 24 2020
गेमिङ कम्पनीमा किन साढे ७ अर्ब डलर खर्चिँदै छ माइक्रोसफ्ट ?
काठमाडौं । डिजिटल गेमिङ इन्डस्ट्रीमा गुगल र एप्पल भन्दा माइक्रोसफ्ट सदैव अगाडि रहँदै आएको छ र त्यसको...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More