३ साउन, काठमाडौं । नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ ।

आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो । आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो ।

आइतबार विकास बैंक उपसमूह र बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेका छन् । विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूह ४.७१ प्रतिशतले बढेको छ ।

नयाँ सरकार गठनपछि पर्खर हेरको अवस्थामा रहेको पूँजी बजारलाई अर्थमन्त्री विश्वासले काम गरेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको पक्षमा सकारात्मक अभिव्यक्ति दिएका थिए । बजारका सूचकहरु सकारात्मक रहेको र बैकिङ संस्थागत लगानीकर्ताहरुको डिमाण्ड पक्ष हाबी हुँदा बजारमा नयाँ संकेत देखिएको पौडेलले बताए ।

Source: Onlinekhabar.com

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
IPO allotment of Mailung Khola Jal Vidhyut Company
IPO allotment of Mailung Khola Jal Vidhyut Company concludes; lucky 68,474 investors get 10 units ea...
SuperAdmin on Aug 10 2021
‘जातको प्रश्न’मा धर्मको प्रचार नगरेको दाबी
पछिल्लो समय राजेश हमालले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा फसेको छ । क्रिस...
SuperAdmin on Oct 16 2020
११ हजार कर्मचारी र शिक्षकले बुझाएनन् सम्पत्ति विवरण
८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तह...
SuperAdmin on Sep 24 2020
काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए
८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
SuperAdmin on Sep 24 2020
विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु
८ असोज, विराटनगर । विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More