प्रथम पटक प्रकाशित मिति २०७७/१०/२२ गते
यस प्रतिष्ठानबाट आ. व. २०७७/०७८ अवधि भित्र निजी क्षेत्रसंगको साझेदारी एवं सहकार्यमा सीपमूलक तालिम मार्फत रोजगारी सुनिश्चित गर्ने गरी हाल जुत्ता चप्पल तयारी, गार्मेन्ट, सिलाई कटाई ९सटीङ्ग सुटिङ्ग०, सुनचाँदी गहना, फर्निचर लगायतका अन्य विविध विषयका क्षेत्रमा “कार्यस्थलमा आधारित (एप्रेन्टिशिप) तालिम संचालन गर्नुपर्ने भएकाले उल्लेखित तालिम संचालन गर्न इच्छुक सम्वन्धित वस्तुगत व्यवसायिक प्रतिष्ठानका संघ÷महासंघहरुलाई तालिम संचालनका लागि गरिने समझदारी (Memorandum of Understanding) को लागि यो सूचना प्रकाशन भएका मितिले पन्ध्र (१५) दिनको कार्यालय समयभित्र आशय पत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । आशय पत्रको ढाँचा यस प्रतिष्ठानको Website: www.training.gov.np बाट समेत लिन सकिनेछ ।