“एसएलसी गरेपछि पढाइ छाड्नु प¥यो । हुन त पढ्ने मन थियो नै । आर्थिक अवस्था कमजोर हुँदा पढ्ने खर्च जुट्न सकेन । पढेर पनि के नै काम पाइन्छ र पढेका गाउँका केटाहरु पनि बेरोजगार नै छन् । केही पेशा गरुँ त हातमा सीप छैन । कहाँ गएर सिक्ने, के सिक्ने त्यो पनि थाहा छैन । सीप सिक्न पनि त खर्च चाहियो । गाउँको बसोवास सीप सिक्ने ठाउँ पनि छैन । कता जाउँ के गरुँ । मनमा कुराहरु खेलिरहन्थे । एक मन त विदेश जाउँ भन्ने पनि लागेको थियो त्यसका लागि पनि धेरै खर्च गर्नुपर्ने । बाध्य भएर कृषि पेशामा मजदुरी गर्नुप¥यो । त्यो पनि सधैंभरी काम पाउन कठिन ।” यो भनाइ थियो महागडिमाइ–२ बाराका दिपक कुमार यादब (वर्ष २१) को । गाउँमै तालिम हुन्छ भन्ने त सोचेकै थिएनन् उनले ।

२०७६ जेठ तिरको कुरा हो । गाउँमै विधुत जडान गर्ने तालिम हुने भन्ने हल्ला चल्यो । गाउँका केटाहरुसँगै नगरपालिका गएर आवेदन दिएँ । अन्तरवार्तामा बोलायो र गएँ । तालिममा पनि छनोट भएँ । ३ महिना विधुत जडानको तालिम सिकें । सीपको जाँच पनि दिएँ । तालिम हेर्नका लागि अफिसबाट अधिकृतहरु आउने गर्नुहुन्थ्यो । क्रियटिभ स्किल्स भन्ने संस्था हो तालिम दिने संस्थाको नाम त ।

भदौमा तालिम सकियो । असोजमा गाउँमै नरेश यादवले लिएको ठेक्काबाट काम शुरु गरेँ । रोजको रु ६०० हाजिरी दियो । धेरै समय त काम पाइएन । कार्तिक मंसिरमा खेतिपातिको समय भएकाले गाउँमा खासै निर्माणको काम भएन । पौष महिनाबाट केही काम पाइन थाल्यो । फाल्गुनसम्म आउँदा त महिनैभरी काम पाइन थाल्यो । यसले आशा जगायो । कमाइ बढ्दै गएको देखेर सीप सिकेर ठीकै गरियो भन्ने पनि लाग्यो । चैत्र लागेपछि भने लकडाउन चल्यो र गाउँमा पनि काम रोकियो । विदेशबाट आउनेले भाइरस ल्याउँछन् भनेर गाउँमा पनि कडाइ गर्न थाले । ढुवानी नहुँदा रोडाबालुवा पाइएन अनि घर बन्ने काम पनि रोकियो । पुराना घरमा मर्मत गरेर अलिअलि भए पनि कमाइ हुन्छ । वरिपरि गाउँका २० जनाले सिकेका छौं । मैले चिनेका ५–६ जनाले त काम गरेको मलाई थाहा छ । अरु के गर्दै छन् थाहा छैन । लकडाउन नहुँदो हो त राम्रै कमाइ गरिन्थ्यो । वर्षात् लागेपछि तराइमा खासै घर बनाउन मिल्दैन । सधैं यस्तो त हुँदैन होला नि । ज्यालामा काम गर्ने भन्दा पनि लकडाउन खुलेपछि साथीहरुसँग मिलेर विधुत जडानको ठेक्का लिने सोचिरहेको छु । सीप प्रमाण पत्र अफिसमा ल्याएर राखेको छ रे । लकडाउन खुलेपछि दिने भनेका छन् । सीप सिक्न पाएकोमा खुशी छु ।

(यो ग्य्राजुयट दिपक कुमार यादव र अनुगमनकर्ता प्रतिमा गुरुङ्गबीच भएको कुराकानीको सम्पादित अंश हो । निज यादवसँग २०७७ जेठ १४ गते इमो मार्फत् कुराकानी भएको थियो भने थप जानकारीको लागि १५ गते टेलिफोन सम्वाद भएको थियो ।)

Source : Employmentfund | Helvetas Nepal

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
‘यो बर्ष जग्गा किन्छु, अर्को बर्ष घर’ - Sushma Chaudhary
मेरो नाम सुस्मा चौधरी हो । मेरो पहिल्यै देखि ब्यवसाय गरेर खाने ठूलो सोच थियो । यति धेरै काम मध्ये टे...
SuperAdmin on Nov 28 2020
एउटा सानो पाइलाले जीवनमा खुशियाली ल्याउँछ
बबिता कुमारी चौधरी (वर्ष ३६) हाल दुई छोराका साथ उदयपुर जिल्ला वेलका गा. पा. वडा नं. २ नयाँ टोलमा बस्...
SuperAdmin on Nov 28 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More