बबिता कुमारी चौधरी (वर्ष ३६) हाल दुई छोराका साथ उदयपुर जिल्ला वेलका गा. पा. वडा नं. २ नयाँ टोलमा बस्छिन् । श्रीमानको नियमित रोजगारी नभएकोले घरायसी काम गर्छन् र धेरैजसो समय फुर्सदिला हुन्छन् । उनको सम्पूर्ण परिवार खेतीपाती र कृषि मजदुरीको आम्दानीमा निर्भर थियो तर यो आम्दानीले परिवारलाई गुजारा चलाउन प्रर्याप्त थिएन । बबिता रोजगारीको खोजीमा थिइन् तर उनीसँग त्यस्तो कुनै रोजगारी गर्ने सीप भने थिएन । बालबच्चाको लालनपालन, पढाइ र परिवारको खर्च जुटाउन ज्यालामजदुरी गर्नैपर्ने बाध्यता थियो । गतिलो आम्दानीको स्रोतको खोजीमा थिइन् उनी । गत २०७५ साल बैशाख तिरको कुरा हो, एक स्थानीय एफ.एम. रेडियोबाट प्रसारण भएको विज्ञापनले उनलाई सिलाइ उद्यमीको यात्रामा अग्रसर गराउँदछ । विज्ञापन सुनेको आधारमा उनले सिलाइकटाइको काम (सीप) सिक्ने निर्णय लिइन् । उनले नियमानुसार आवेदन फाराम भरेर आफ्नो नाम दर्ता गराइन् र अन्तर्वार्तामा पनि भाग लिइन् । छनौट प्रक्रियाबाट उनी सफल भइन् र तालिममा सहभागी भइन् । उनीलाई यो अवसर जुटाइ दिएको थियो – हेल्भेटास नेपालको प्राविधिक सहयोगमा पञ्चकन्या ट्रेनिङ्ग इन्ष्टिच्युट मार्फत् ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाले सप्तरी जिल्लाको फत्तेपुरमा सञ्चालन गरेको ३ महिने (३९० घण्टा) सिलाइकटाइ तालिमले ।

उनले नियमित रूपमा सहभागी भई तालिम पुरा गरिन् र सीप परीक्षामा पनि सहभागी भइन् । तालिम पुरा गरेर शुरुमा उनले केही रकम जम्मा गरी २ वटा सेकेण्ड ह्याण्ड सिलाइ मेशीन खरीद गरेर घर नजिकैको एउटा चोकमा कपडा सिलाइको काम शुरु गरिन् । उनको सेवा लिन विस्तारै ग्राहकहरू बढ्दै थिए । ग्राहकहरू उनको कामबाट सन्तुष्ट थिए । यसले उनलाई सिलाइ उद्यम सञ्चालन गरिरहन र बचेको समयमा गृहिणीहरूलाई सिकाउन हौसला मिल्यो । उनको मनमा आफ्नै टोलको मात्र कपडा सिलाइ गरेर आम्दानी बढाउन सकिन्न भन्ने लाग्यो ।

उद्यमबाट आम्दानी बढाउनका लागि दिनदिनै ग्राहकहरूको संख्या बढदै जानुपर्दछ । त्यसका लागि ग्राहकहरूलाई पायक पर्ने धेरै ग्राहककरुको भीडभाड हुने स्थानमा सिलाइ पसल राख्नुपर्ने कुरा उनले व्यवसायिक सीपको तालिमबाट सिकेकी थिइन् । त्यसैले उनले फत्तेपुरको पुरनधारा बजार नजिकै आफ्नो सिलाइ पसल खोल्ने योजना बनाइन् ।स्थानीय महिलाहरू तालिमको लागि पनि उनको पसलमा आउन थाले । आजभोलि उनको राम्रो आम्दानी हुन थालेको छ । यसैबाट घरखर्च पनि चलेको छ । उनी खुशी छिन् । “यो सबै सीप सिकेको कारण सम्भव भयो” उनी बताउँछिन् ।

हाल उनी एउटा सानो नै भए पनि सिलाइ पसलको मालिक बनेकी छिन् । उनले जे सोचेकी थिइन् त्यो प्राप्त गरिन् र यसले उनको जीवनमा खुशियाली ल्याएको छ । यो उनका लागि महान् काम हो । आजभोलि उनी गाउँका अरू बेरोजगार युवा महिलालाई रोजगारमूलक सीप सिक्नका लागि प्रोत्साहित गर्छिन् ता कि उनीहरू पनि आत्मनिर्भर बन्न सकून् । “भरपर्दो आम्दानी गर्न केही गर्ने सोचाइ बोकेका युवाहरूका लागि गाउँमै अवसरहरू उपलव्ध छन् । तर आफूमा जाँगर चाहिँ हुनुप¥यो” बविता बताउँछिन् ।

हाल उनले सिलाउने भनेको सामान्य डिजाइनका कपडाहरू मात्र हुन् । आफ्नो सिलाइ पसलबाट हुने आम्दानीलाई अझ बढाउने र स्थानीय युवाहरूलाई रोजगारी दिने उनको सपना छ । यसका लागि थप लगानी र परिस्कृत सीपको खाँचो छ । त्यस्तो अवसरको खोजीमा छिन् उनी ।

Source : Employmentfund | Helvetas Nepal

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
‘यो बर्ष जग्गा किन्छु, अर्को बर्ष घर’ - Sushma Chaudhary
मेरो नाम सुस्मा चौधरी हो । मेरो पहिल्यै देखि ब्यवसाय गरेर खाने ठूलो सोच थियो । यति धेरै काम मध्ये टे...
SuperAdmin on Nov 28 2020
लकडाउन नहुँदो हो त राम्रै कमाइ गरिन्थ्यो
एसएलसी गरेपछि पढाइ छाड्नु प¥यो । हुन त पढ्ने मन थियो नै । आर्थिक अवस्था कमजोर हुँदा पढ्ने खर्च जुट्न...
SuperAdmin on Nov 28 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More