८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तहका ११ हजार ६६० जना कर्मचारीलाई जनही ५ हजार रुपैयाँ जरिवाना गर्न सरकारलाई आग्रह गरेको छ ।

अख्तियारको बिहीबार बसेको बैठकले २५ सय ४ निजामती कर्मचारी, नेपाल प्रहरीका १११, शिक्षक ७ हजार ६१३ जना र अन्य  १४३२ पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको अख्तियारले जनाएको छ ।

त्यसका लागि अख्तियारले सम्पत्ति विवरण नबुझाउनेको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । त्यस्तै विदेशमा रहेका नेपाली सेनाका ४६० जनाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रदेश तहमा काम गर्ने ५५४ जनालाई पनि कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको अख्तियारले जनाएको छ । त्यस्तै स्थानीय तहका ४५ सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले कारबाही गर्न भनिएको छ ।

अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफू मातहतका कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भए त्यसको एकमुस्ट जानकारी दिन माग गरेको छ ।

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
IPO allotment of Mailung Khola Jal Vidhyut Company
IPO allotment of Mailung Khola Jal Vidhyut Company concludes; lucky 68,474 investors get 10 units ea...
SuperAdmin on Aug 10 2021
सेयर बजार परिसूचकमा झण्डै १०० अंकको वृद्धि
आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ...
SuperAdmin on Jul 18 2021
‘जातको प्रश्न’मा धर्मको प्रचार नगरेको दाबी
पछिल्लो समय राजेश हमालले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा फसेको छ । क्रिस...
SuperAdmin on Oct 16 2020
काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए
८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
SuperAdmin on Sep 24 2020
विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु
८ असोज, विराटनगर । विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More