पछिल्लो समय राजेश हमालले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा फसेको छ । क्रिस्चियन धर्मको प्रचारप्रसार गरेको भन्दै समता फाउन्डेशनको लोगो र राजेश हमालको तस्बिर जलाइरहेका छन् । समता फाउन्डेशनले उक्त पोस्टर नबनाएको दाबी गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यक्रमकोे मुख्य उद्देश्य नै जातीय विभेद सम्बन्धि घर घरमा संवादको शुरुवात गर्ने रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पुर्वाहग्रह नराखेको स्पष्ट गर्न चाहान्छौ । कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार–विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पु¥याएको छ । यसका लागि कार्यक्रमका दर्शक तथा शुभचिन्तकका साथै हाम्रो कामका लागि समालोचनात्मक चेत भरिदिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । कार्यक्रम प्रसारण भइरहेकै बेला समता फाउण्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पोस्टर समता फाउण्डेशनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट्याउँदछौं । अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउन’ नेपाल सरकारकोे साईबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं ।

नेपाल सरकारको प्रचलित नीति–नियम र कानुन बमोजिम संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको सहकार्य र सहयोगमा सञ्चालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ वहन गर्दै आएको छ । समता फाउण्डेशनको गतिविधि र कार्यक्रमबारे स्वस्थ आलोचना र सिर्जनात्मक सुझावलाई हामी सधैं स्वागत गर्दछौं ।’

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
IPO allotment of Mailung Khola Jal Vidhyut Company
IPO allotment of Mailung Khola Jal Vidhyut Company concludes; lucky 68,474 investors get 10 units ea...
SuperAdmin on Aug 10 2021
सेयर बजार परिसूचकमा झण्डै १०० अंकको वृद्धि
आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ...
SuperAdmin on Jul 18 2021
११ हजार कर्मचारी र शिक्षकले बुझाएनन् सम्पत्ति विवरण
८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तह...
SuperAdmin on Sep 24 2020
काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए
८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
SuperAdmin on Sep 24 2020
विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु
८ असोज, विराटनगर । विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More