साँझ पर्नै लागेको थियो। माथि कौसीमा बस्दै आफूलाई मनपर्ने यो समयमा चियाको चुस्किसँगै रमाउँदै थिएँ। घर अगाडिको ठूलो रुख जसमा सबै चरा-चुरुंगीहरु लगभग आफ्नो गुँडमा आउने क्रम जारी थियो। चराको चिरबिर आवाज मेरो कानमा मधुर ध्वनि बनी गुन्जिरहेको थियो। नतमस्तक बन्दै त्यही ध्वनिमा बिलायमान बनेका मेरा ह्रदयहरु..

यतिखेर सबै मन अनि मस्तिष्कका द्वन्दहरुले एकक्षण भएपनि विश्राम लिएका थिए। द्वन्दमा घाएल भएका मनका चोटहरुलाई मलम लगाउँदै थिएँ। मलमले चोटहरुका दुखाइलाई केही राहत महशुस गराउँदै थियो। प्रकृतिका ती मनोरम दृष्यहरुलाई मानसरोबरमा बिराजमान गराउँदै थिएँ।

त्यो पल मानौँ मैले सबै कुरा बिर्सेको थिएँ। अनि म र मेरा भावनाहरु एक अर्कासँग लुकामारी खेल्दै थिए। एकैछिन भएपनि म नितान्त शान्तिमा थिएँ। बल्ल मन र शरीरका तालमेल सन्तुलित बन्दै थिएँ। अति नै बैभव अनि शानदार समन्वयमा मेरा कल्पनाहरुले डुबुल्की मार्दै थिए।

विस्तारै गोधुली साँझले कोल्टे मार्दै थियो। टाढा-टाढा पहाडहरुका मनोरम दृष्यहरु मेरा आँखा अगाडि धमिलिदै थिए। उडेका चराहरु आकाशमा बिरलै देखिन्थे। विस्तारै जाडो महिना सुरु हुँदै थियो। चिसो हावाको मन्द-मन्द स्पर्शले त्वचालाई उच्चतम अनुभूति दिदैं थियो।

अचानक छोराको आवाजले झस्काईदियो। उसले आमा-आमा भनी तल कोठाबाट बोलाईरहेको थियो। ओहो! साँझ त झपक्कै पो त भईसकेको रहेछ। अनि छोराको मधुर आवाज तिर मेरो ध्यान गयो।

म आत्तिएर, हजुर के भयो छोरा? भन्दै हत्तासिदैँ उठेछु। छोरो मेरो नजिकै आयो। त्यो सुलुक्क परेको ज्यान, घुम्रेका खैरा कपाल, बदामी आकारका काला काला नयन। उसका ती मधुर मुस्कान अनि तोते बोलीले म हुरुक्कै हुन्छु। जब ऊ लुपुक्क परि मेरो काखामा आमा भन्दै आउँछ म मेरा सारा बेदनाहरु त्यतीखेरै भुलीहाल्छु।

अनि उ पनि आमाको काखमा बसी अंगालोमा बाधिन पाउँदा स्वर्ग पाएसरी रमाउन थाल्छ। फेरि त्यही प्रश्नहरु! निर्दोश आँखाहरु म तिर हेरी सोध्न थाल्छ ‘आमा, बाबा कहिले आउँनु हुन्छ? मेरो लागि के-के लेराईदिनु हुन्छ?’ मानौँ ती प्रश्न मनभरिका भण्डारहरुमा कहिलेदेखि भण्डारण गरेर राखेको थियो, अनि जब उसले उसको बाबालाई सम्झिन्छ तब-तब फेरि सोधिहाल्छ। म पनि आफैँलाई सम्हालेर उसका हरेक प्रश्नको उत्तर दिदैं जान्छु र मेरो उत्तर पनि त्यही हुन्छ सधैँ झै!

‘बाबा छिट्टै आउनुहुन्छ, बाबुलाई धेरै उपहार ल्याईदिनुहुन्छ तर बाबु ज्ञानी हुनुपर्छ हस्।’ मेरा ती उत्तरहरुमा खुसी हुँदै भविष्यका सपनाहरु बुनी मेरो काखबाट उत्रिएर खेल्न तिर रमाउँछ।

पुन: म अत्तालिन्छु, मन र मस्तिष्कको द्वन्दमा होमिन्छु। आज उनी विदेशीएको पनि ४ पुगेर ५ वर्ष लागिसकेछ। छोरोको त्यो बालापन देख्न पाएनन्! कहिले उनी आँउछन् भनी मेरा नजरहरु घर नजिकैको बिमानस्थल तिर घरि-घरि नियाल्न पुग्दछन्।

ओहो! यो कहाली लाग्दो जीवन कहिलेसम्म उनको पर्खाइमा बस्नुपर्ने हो! हाम्रा देशका युवाहरु कहिलेसम्म विदेशीनु पर्ने हो? फेरि प्रश्नै प्रश्नको ओइरो लाग्छ। लामो सास लिन्छु र आफैलाई सान्तवना दिने कोशिसमा लाग्छु।

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
निशान र अस्मिताको स्वरमा फिल्म ‘संस्कार’को गीत
किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समाबेश ‘चितवनको एअरपोर्ट...
SuperAdmin on Oct 16 2020
झरी परेको रात म तिमीलाई सम्झिन्छु
आमा, हरेक संकटमा म तिमीलाई सम्झिन्छु झरी परेको रात अझै धेरै सम्झिन्छु
SuperAdmin on Sep 24 2020
राष्ट्रसेवक
विकराल जिन्दगीहरुलाई हात र साथ दिदैँ, सारा बल र बैंस रित्याएर, सेतो कपाल, चाउरिएका गाला
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More