कविता

देशका अनेकौँ सपना र आशाभित्र 

भरोसाको पात्र बन्दै

विभिन्न समय र परिस्थितिमा

 

असल योध्दा बन्दै

आज आएर संघीयताको भोटो फेराउँदै गर्दा 

साँच्चिकैको सिंहदरबारदेखि मानिदिएको सिंहदरबारसम्म

सेवाभावले द्रविभूत भइ निरन्तर अघि बढ्ने

 

सच्चा पहरेदार हो राष्ट्रसेवक।।१।।

 

अभाव दवाव र प्रभावमा रुमलिदै

घरपरिवार र समायोजनका विपरित ध्रुवमा 

कोरोनाको त्रास, जनताको आश,

राजनीतिक आदेश, टंगालको हुँकार,

अनि विज्ञको उपदेश र नीतिको दायरामा

असिनपसिन हुँदै काम गरिरहने 

सहनशीलताको प्रतिमूर्ति हो राष्ट्रसेवक।।२।।

 

गान्धारीको गर्भजस्तो अनिश्चित भयलाग्दो भविष्यबाट 

सयौँ पान्डवहरुको जन्म गराउन तल्लिन 

राणाकाल, पन्चायत, बहुदल र गणतन्त्र खेप्दै

समयसँग पौठेजोरी खेल्दै घरि पूर्व त घरि पश्चिम

हिमाल, पहाड र तराईमा जस्तो बाजा उस्तै तालमा 

छमछम नृत्य गर्दै सेवा दिने

सुनामी छाल हो राष्ट्रसेवक।।३।।

 

सकुनीको पाशाले झेलमा पार्न खोज्दा 

युधिष्ठिरको त्याग फेल हुनै लाग्दा

दुर्योधनको अभिमान जागेको बेला

भिष्म प्रतिज्ञाले उपहास सहदै गर्दा 

लिपुलेक, कालापानी र लिम्पियाधुरा

अनि सीमा-सीमामा

शत्रुसँग जाइलाग्न ज्यानको बाजी थाप्ने 

कालभैरव हो राष्ट्रसेवक।।४।।

 

घरेलु हिंसाका चोटमा मलम लगाउँदै

खाना-नाना र छानाको जोहो गर्दै गर्दा

जनताको जन्मपूर्व र मृत्युपश्चातको साक्षी बन्दै

भीरपाखा र उकाली ओरालीहरुमा,

खोलानाला र पहाड पर्वतहरुमा

विकासको उज्यालो छरी

करोडौँ जनताको मनमा बास गर्ने 

कर्मयोगी हो राष्ट्रसेवक।।५।।

 

परिस्थितिले गलहत्याए पनि

थोरै खान्की र धेरै गालीको बीचमा हाँस्दै

अशिक्षा, अन्धकार अनि पीडामा छट्पटाएका

विकराल जिन्दगीहरुलाई हात र साथ दिदैँ

सारा बल र बैंस रित्याएर

सेतो कपाल, चाउरिएका गाला 

अनि रोगी शरीरका साथ

मुस्कुराउँदै घर फर्कने 

त्यागी र योगी हो राष्ट्रसेवक।।६।। 

 

असजिला पहाड फुटाउँदै संभावनका ढोका उघार्ने

आहतलाई राहत दिइ भविष्यलाई सुन्दर पार्ने 

सपनालाई साकार पार्न कम्मर कसेर अघि बढ्ने

देशको रक्षार्थ ढाल भएर बज्र सहँदै 

काँडाहरुका बीचमा फक्रदै गरेको 

गुलाफको कोपिला हो राष्ट्रसेवक।।७।।

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
निशान र अस्मिताको स्वरमा फिल्म ‘संस्कार’को गीत
किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समाबेश ‘चितवनको एअरपोर्ट...
SuperAdmin on Oct 16 2020
झरी परेको रात म तिमीलाई सम्झिन्छु
आमा, हरेक संकटमा म तिमीलाई सम्झिन्छु झरी परेको रात अझै धेरै सम्झिन्छु
SuperAdmin on Sep 24 2020
गोधुली साँझमा...
साँझ पर्नै लागेको थियो। माथि कौसीमा बस्दै आफूलाई मनपर्ने यो समयमा चियाको चुस्किसँगै रमाउँदै थिएँ। घर...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More